अमेरिकासँग नेपाल ६ विकेटले पराजित


आइसिसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबार भएको अमेरिकासँगको खेलमा नेपाल पराजित भएको छ। ओमानमा भएको खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १७५ रनको लक्ष्य अमेरिकाले २९ ओभर तीन बलमा चार विकेटको क्षतिमा भेट्टाएको हो ।
अमेरिकाको जितमा ओपनर स्टेभिन टेलरले ९२ रनको योगदान दिए । उनले ६३ बलमा १२ चौका र तीन छक्का प्रहार गरे। नेपालका सन्दीप लामिछाने र करण केसीले दुई–दुई विकेट लिए।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभरमा १७४ रन बनाएको थियो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे।
तेस्रो एकदिवसीय अर्धशतक प्रहार गरेका उनले १०५ बल खेलेर ५५ रन जोडे। ओपनर कुशल भुर्तेल ३६ रनमा आउट भए भने आसिफ शेखले तीन रन मात्र बनाए ।
बलिङमा अमेरिकाका सौरभ नेत्रभाल्करले चार विकेट लिए। यस्तै केल फिलिप्सले तीन विकेट लिए । अमेरिकासँगको पहिलो खेलमा भने नेपाल विजयी भएको थियो ।
प्रतिकृया दिनुहोस्