January 23, 2025, Thursday
२०८१ माघ १०

नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्षमा चौधरी, सचिवमा गुरुङ

बुटवल– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को लुम्बिनी प्रदेश अध्यक्षमा मेटमणि चौधरीलाई चयन गरिएको छ । प्रदेश कमिटी सचिवमा राजु गुरुङ चयन भएका छन् ।

शुक्रबार बुटवलमा बसेको प्रदेश कमिटीको बैठकले अध्यक्ष र सचिव चयन गरेको हो । प्रतिनिधिसभाका सदस्य समेत रहेका चौधरी दाङ निबासी हुन् । गुरुङ रुपन्देहीका हुन् ।

Advertisement

केन्द्रिय सदस्य र जिल्ला अध्यक्ष प्रदेश कमिटीको सचिवालय सदस्य रहने प्रदेश सचिव गुरुङले जानकारी दिए । समाजवादीको पार्टी केन्द्रले प्रदेश कमिटी इन्चार्जमा भागवत विश्वासीलाई जिम्मेवारी तोकेको छ ।

प्रदेश कमिटी अध्यक्ष चौधरीले अब, पार्टीलाई मजबुत बनाएर लैजाने बताए । उनले एमालेले चुनाव जित्ने आधार नभएको जनाए । ‘तत्कालीन केपी ओली नेतृत्वको सरकारले जनविश्वास गुमाइसकेको छ’, उनले भने, ‘आगामी चुनावमा एमाले होइन्, नेकपा एकीकृत समाजवादी ठूलो पार्टी बन्छ ।’

उनले ओलीले आफूहरुले सबै ठाउँमा चुनाव हार्ने देखिएपछि माधव नेपालले हार्छन् भन्ने अभिव्यक्ति दिँदै हिंडेको बताए । उनले आगामी निर्वाचनमा अन्य दलहरुसँग मिलेर अगाडि बढ्नेसमेत बताए ।