April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

तिलोत्तमा चेम्बरको रक्तदानमा ५३ युनिट रगत संकलन

तिलोत्तमा– तिलोत्तमा चेम्बर अफ कमर्स (व्यापार संघ) को आठौं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । रक्तदानमा ५३ युनिट रगत संकलन भएको संघका कार्यालय प्रमुख रामु सापकोटाले बताए ।

रक्तदान कार्यक्तममा बोल्दै नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले संस्थाले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरुप्रति धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा संस्थाको अझ बढी प्रगतिको कामना गरिन् । तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारीले अब सबै पक्ष सकारात्मक रहेको हुँदा छिट्टै आफ्नै भवन निर्माण कार्य सुरु हुने जानकारी गराए ।

अध्यक्ष बाबुलाल भुसालले संघले गरेका व्यावसायिक एवं सामाजिक कार्यहरु निरन्तर अगाडी बढाउदै लैजाने बताए । त्यस अवसरमा संस्थाका प्रथम उपाध्यक्ष रामचन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष चेतनारायण भण्डारी, नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, रुपन्देही ब्यापार संघ प्रथम उपाध्यक्ष डिल्लीराज भण्डारी, संस्थाका महासचिव बिष्णु बराललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement