July 15, 2024, Monday
३१ असार २०८१, सोमबार

बस दुर्घटनामा आठ घाइते

बुटवल – बुटवलको कालिका चोकमा बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । विहीबार बिहान बुटवलबाट भैरहवातर्फ जाँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लु २ ख ७८९ नम्बरको बस अनियन्त्रित भई सडक छेउमै पल्टिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइतेहरुको चौराहा अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको र अन्य आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement