March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

पार्टीबाट केही स्वार्थी तत्वहरु बाहिरिए : विष्णु पौडेल

बुटवल– नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले पार्टीबाट केही स्वार्थी तत्वहरु मात्र बाहिरिएको बताएका हुन् । एमालेले बुटवलमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले भने, ‘एमाले विभाजन भएको होइन, केही स्वार्थी तत्वमात्रै बाहिरिएका हुन्, आत्तिनु पर्ने अवस्था छैन ।’

Advertisement

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता पौडेलले पार्टीभित्र देखिएको अन्तरविरोधलाई बैचारिक लडाइँ नभई स्वार्थको लडाइँमात्र रहेको बताए । उनले माधव नेपालको निजी स्वार्थकै कारणले उनी पार्टी एकताविरुद्ध लागेको आरोप लगाए । प्रचण्डको आडमा केही व्यक्तिलाई लिएर पार्टी कब्जा गर्नेसम्मको खेल गरेको दाबी गरे ।

Advertisement

‘एमाले विभाजन गर्न अध्यादेश ल्याइयो । तर त्यसले एमाले विभाजन भएको छैन । पार्टीमा कुनै सिद्धान्त केन्द्रित लडाइँ थिएन । स्वार्थ केन्द्रित लडाइँ थियो । नेकपा एमाले कब्जा गर्ने र नसके स्वार्थी तत्वलाई अलग्याएर पार्टी कमजोर बनाउने कोसिस भएको हो’, उनले भने ।

माधव नेपालतर्फ इङ्गित गर्दै नेता पौडेलले एमाले सरकार ढालेर कांग्रेस नेतृत्वको सरकारको पछि लागेको आरोप लगाए । ‘शेरबहादुर देउवाको पद सुरक्षित भएपछि पनि एमालेलाई विभाजित गर्ने प्रयास सफल हुन दिदैनौ ँ। अहिले प्रतिपक्षमा रहे पनि आगामी निर्वाचनपछि फेरि सरकारमा पहिलो पार्टीको साथ आउँछौँ’, उनले भने ।