July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

एमालेले फेरि वर्चश्व फर्काउँछ : घनश्याम भुसाल

बुटवल– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीले आगामी चुनाबपछि आफ्नो बर्चश्व फर्काउने दावी गरेका छन् । नेकपा एमालेले बुटवलमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता भूसालले भने, ‘हामी यति ठूलो शक्ति लोकतान्त्रिक अभ्यासमा कटिबद्ध भएर लाग्यौं भने २०७४ सालको बर्चश्व फर्काउँछौं, जसरी पनि फर्काउँछौं ।’

भुसालले पार्टी विभाजन भए पनि ठूलो शक्तिका रुपमा अझै एमाले रहेको दावी गर्दै आगामी चुनाबपछि पनि एमाले ठूलो शक्ति रहने दावी गरे । पूर्वमन्त्री समेत रहेका भुसालले एमाले ठूलो चोटीबाट पछरिएको भए पनि आत्तिन भने नहुने बताए ।

नेकपा एमाले समाजिक सांस्कृतिक रुपले समाजमा जरा गाडेको पार्टी भएको र यो भूमिका अर्को कुनै पार्टीले पनि पुरा गर्न नसक्ने उनले बताए । ‘हामी पछारिएका छौं, घाइते भएका छौ । तर, आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं, अहिले पनि ठूलो शक्ति छौं, फेरि पनि हुन्छौं’, उनले भने । उनले अब, एमाले महाधिवेशनपछि सांगठनिक रुपमा व्यवस्थित हुने जनाए ।

Advertisement