October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

उपमहानगरद्वारा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण

दाङ – तुलसीपुर उपमहानगरपालिकाले १५ नम्बर वडामा रहेको डुरुवा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

आज एक समारोहकाबीच नगर प्रमुख घनश्याम पाण्डेले वडाध्यक्ष लक्ष्मण चौधरीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेले बालबालिका, जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिन निर्देशन दिए । यसअघि तुलसीपुर उपमहानगरपालिकाले अन्य वडाहरुलाई एम्बुलेन्स हस्तान्तरण गरिसकेको छ ।