March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

लुम्बिनी सरकारका दुई मन्त्रीलाई जिम्मेवारी तोकियो

बुटवल – मन्त्री नियुक्त भएको महिना दिन पछि लुम्बिनी प्रदेश सरकारले दुई बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी तोकेको छ ।

मन्त्री सुमन शर्मा रायमाझीलाई कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय र पुर्मती ढेंगालाई श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए ।

दुबैजना मन्त्री जनता समाजवादी पार्टीका तर्फबाट मन्त्री भएका थिए ।
मंगलबारदेखि नै दुवैजनालले कार्यभार सम्हालेका छन् । साउन २९ मा गठबन्धन सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले सात सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए ।

Advertisement