September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

भेरीमा उपचाररत दुई संक्रमितको मृत्यु

बाँके– बाँकेको भेरी अस्पताल, नेपालगञ्जमा दुईजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ र बर्दिया जिल्लाका एक–एकजना हुन् ।

स्वास्थ्य कार्यालयका अनुसार दाङ घोराही उपमहानगरपालिका वडा नम्बर ३ का ४० वर्षीया महिलाको सोमबार राति मृत्यु भएको हो । भदौ १३ गते भेरीमा पीसीआर गरिएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको उपचारको क्रममा १५ दिनपछि मृत्यु भएको हो ।

यस्तै बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर १ का ४५ वर्षका पुरुषको राति साढे १२ बजे मृत्यु भएको छ । भदौ १७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो ।