क्रान्तिकारी क्याम्पस कमिटी अध्यक्षमा ज्ञवाली
बुटवल– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बुटवल बहुमुखी क्याम्पस कमिटी अध्यक्षमा विष्णुप्रसाद ज्ञवाली निर्वाचित भएका छन् । कमिटीको छैठौं इकाई सम्मेलनले ज्ञवालीको अध्यक्षतामा ४१ सदस्यीय मूल ईकाई समिति गठन गरेको हो ।
कमिटी उपाध्यक्षमा गोपाल भण्डारी, खिमराज गिरी, बिष्णु भुसाल, बिशाल पौडेल, सचिबमा रिया बस्नेत, सह–सचिबमा निमा गिरी, दिपक खत्री, सम्झना ढकाल, कोषाध्यक्षमा संगम खवास छन् । यस्तै, सदस्यहरुमा रमेश बि.क, चामणि बेल्वासे, रीता अर्याल, अस्मिता पन्थी, जीवन पोख्रेल लगायत छन् ।
ईकाइ सम्मेलनमा बोल्दै संगठनका लुम्बिनी प्रदेश संयोजक नारायण खनालले समाजबादी शिक्षा आजको आबाश्यकता भएको बताए । ‘विद्यार्थी राजनीतिमा सामाजबादी शिक्षाको महत्वपूर्ण भूमिका हुन्छ’, उनले भने । । पार्टी केन्द्रीय प्रतिनिधि तथा रुपन्देही ईन्चार्ज टंकमणि शर्माले अहिले देशमा आइरहेको जटिल समस्या एमसीसीकाबिरुद्ध बिद्यार्थीहरुले बिभिन्न क्षेत्रहरुबाट बिरोध प्रदर्शन गरिरहेको बताउँदै यसलाई निरन्तरता दिन आग्रह गरे । अबको क्रान्ति विद्यार्थीको हकहित र अधिकारमा मात्र निहित नरही समग्र देशलाई समृद्धतिर लैजाने हुनुपर्ने बताए ।
माओबादी केन्द्र रुपन्देही संयोजक निर्मल जिसीले देश, समाज परिवर्तन र रुपान्तरणमा बिद्यार्थीहरुले जतिसुकै ठुलो योगदान गरे पनि विद्यार्थीले गरेका काम तथा योगदानका विषयहरुलाई जनमानसमा पुर्याउन नसकेको बताए । ‘हामी ओझेलमा परेका छौ तर आगामी दिनहरुमा नयाँ चुनिएका पदाधिकारीहरुले विद्यार्थीको शैक्षिक क्रान्तिबारे संगठित भएर लाग्न प्रेरित गर्नुपर्छ’, उनले भने ।
संगठनका लुम्बिनी प्रदेश सह–संयोजक अनुप पोख्रेलले अरु संगठनले पैसाको आडमा गुडागर्दी शैलीमा क्याम्पसमा राजनीति गरेको बताए । ‘क्याम्पस प्रशासन कब्जा गरिरहेका छन् । क्याम्पस स्वयंले व्यबस्थापनमा बिभिन्न कमिकमजोरीहरु, बेथितिहरु गरिरहेको छ, यस्ता नकारात्मक हर्कतहरुकाबिरुद्धमा बिद्यार्थी अन्दोलन आबाश्यक छ’, उनले भने । कार्यक्रममा विद्यार्थी फ्याक्सन ईन्चार्ज चेतन भण्डारी, पुष्पराज ढकाल माओबादी केन्द्र नगर सचिब नारायण बन्जाडे लगायत बिद्यार्थी नेताहरुको उपस्थिति थियो । कार्यक्रम टेकराज रेग्मीको अध्यक्षतामा र बिष्णुप्रसाद ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्