September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

नेपाली महिला टोलीले मैत्रीपूर्ण फुटबलमा बंगलादेशलाई हरायो

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले मैत्रीपूर्ण फुटबल खेलमा बिहीबार बंगलादेशलाई २-१ गोलले हराएको छ। दशरथ रंगशालामा भएको खेलमा नेपालका सबिता राना र प्रीति राईले गोल गरे।

१३ औँ मिनेटमा सबिताको गोलबाट नेपालले सुरुवाती अग्रता लिएको थियो। खेलको २३ औँ मिनेटमा प्रीति राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन्। सबिता र प्रीतिले आजको खेलबाटै राष्ट्रिय टीमबाट डेब्यू गरेका हुन्। दोस्रो हाफको अन्त्यतिर बंगलादेशले एक गोल फर्काएको थियो।

दोस्रो खेल आइतबार हुने छ।  एएफसी महिला एसिया कप छनोटअघि नेपाल र बंगालदेश मैत्रीपूर्ण खेलमा खेलिरहेका हुन्।