June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

माधव नेपाल पक्षलाई इतिहासले माफी दिँदैन : पौडेल

बुटवल – नेकपा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले माधव नेपालले नयाँ पार्टी गठन गरेर दाजुभाइसँग रिस उठ्यो भने आमालाई वञ्चरो हान्ने काम जस्तो गरेको टिप्पणी गरेका छन् । ‘उहाँहरुले गरेको यो गम्भिर अपराधकर्म हो, इतिहासले माफी दिँदैन’, उनले भने, ‘नेकपा (एस)ले कांग्रेस, माओवादी र जसपाको सहारा लिनुपर्छ ।’

प्रेस चौतारी नेपाल, रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पौडेलले २०५४ सालमा एमाले विभाजन पश्चात माले गठन भए पनि २०५६ सालको निर्वाचनमा मालेले एउटा सिट पनि जित्न नसकेको बताउँदै नेकपा (एस) पनि उस्तै हुने जनाए । ‘एक्लै चुनाव लडेर जमानत जोगाइदिनुस्, कुनै वडामा जमानत जोगाउन सक्ने अवस्था छैन, एक्लै निर्वाचन लड्ने आँट नभएकाले अरुको सहारा लिनुभएको छ,’, उपमहासचिव पौडेलले भने ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता पौडेलले आफ्नो पार्टी अध्यक्षलाई विश्वासको मत नदिने र प्रतिपक्षी दलका नेतालाई विश्वासको मत दिएर संसदको मोह भए जस्तो देखाउने काम माधव पक्षले गरेको बताए ।

Advertisement