April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

ग्रिन सिटीद्वारा शुभकामना आदान–प्रदान

भैरहवा – हरितालिका तीजको अवसरमा लायन्स क्लब अफ भैरहवा ग्रिन सिटीले शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । क्लबमा आबद्ध महिला, रिजन तथा जोन चियर पर्सनलाई सम्मान गर्दै तीज विशेष कार्यक्रम गरिएको संयोजक मनोज क्षेत्रीले बताए ।

Advertisement

क्लब आबद्ध ८ जना महिला सदस्यहरुलाई क्लबको तर्फबाट सम्मान गर्दै उपहार प्रदान गरिएको थियो । त्यस्तै क्लबकी फस्टलेडी उमा अधिकारीले व्यक्तिगत रुपमा पारिवारिक तथा उत्सवको रुपमा लिँदै महिला सदस्यहरुलाई मायाको चिनो प्रदान गरेकी थिइन् । क्लबका महिला सदस्यहरुले अधिकारीसहित रिजन, जोन र को चिफ एडभाइजर धर्मराज श्रेष्ठकी धर्मपत्नीलाई समेत उपहा सहित सम्मान गरेको कोषाध्यक्ष बीना पौडेलले जानकारी दिइन् ।

Advertisement

डिस्ट्रिक ३२५ वि २ का सेकेन्ड भि.डि.जि. नवराज न्यौपानेले विभिन्न चाडपर्व तथा संस्कृतिहरु नेपालीहरुको गहना भएकाले त्यस्ता पर्व तथा संस्कृतिको मौलिकतालाई जोगाइ राख्न सबै संघसंस्था लगायत नयाँ पुस्ताहरुले ध्यान दिनुपर्नेमा बताए ।

कार्यक्रममा डिस्ट्रिक एक्जुकेटिभ चिफ लायन महेशचन्द्र थापा, कोचिफ डिस्ट्रिक एडभाईजर धर्मराज श्रेष्ठ, डिस्ट्रिक डेपुटी सेक्रेटरी विजय पाण्डे, रिजन चियर पर्सन अनिता थापा, जोन चियर पर्सन माया मल्लिक, ग्रिन सिटीका अध्यक्ष गोविन्द गिरी, सिद्धार्थ महिला जेसिजकी संस्थापक अध्यक्ष सरिना श्रेष्ठ, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, लुम्बिनीखबर सञ्चार गृह प्रालिका अध्यक्ष गोकुल पोखरेल लगायतको सहभागिता थियो ।