March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

देशभर सामान्य बदली, हल्कादेखि मध्यम वर्षाको सम्भावना

आज पनि केही प्रदेशमा भारी वर्षा हुने भएको छ । चारवटा प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । 

Advertisement

आज विहान देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश  १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Advertisement

विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।

काठमाडौंमा आज दिउँसो सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धर बताउँछिन् । “काठमाडौंमा आज दिनभर मौसम बदली रहने छ । त्यसैले सामान्यदेखि मध्यम वर्षाको सम्भाना रहेको छ । यद्यपि राति भने भारी वर्षाको सम्भावना रहेको छ,’ उनी भन्छिन् । 

यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ विभागको भनाइ छ ।

वर्षा हुने क्रम अब विस्तारै कम हुँदै जाने मौसमविद् मानन्धरको भनाइ छ । यद्यपि, सेप्टेम्बरको अन्तिम र अक्टोबरको पहिलो हप्ता नभइ मनसुन नसकिने भएकाले जुनसुकै बेला भारी वर्षा हुने उनी बताउँछिन् । 

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन विभागको आग्रह छ ।