लुम्बिनीमा एमालेका सबै कमिटी जेठ दुईमा फर्कने


बुटवल– लुम्बिनी प्रदेशमा नेकपा एमालेका कमिटीहरु पूर्ववतः अवस्थामा फर्काइने भएको छ । एमाले उपमहासचिव विष्णु पौडेलको उपस्थितिमा बुटवलमा जारी बैठकमा एमाले स्थायी कमिटिको निर्णय कार्यान्वयन गर्नका लागि तयारी गरिएको हो ।
लुम्बिनी प्रदेश एमालेको कमिटि बैठक बुटवलमा जारी छ । १५ असारमा एमाले स्थायी कमिटि बैठकले एमालेको संगठनको संरचनालाई २०७५ जेठ २ मा लैजाने निर्णय गरेको थियो । यसो गर्दा २०७५ जेठ २ अघि जो जिल्ला अध्यक्ष र पदाधिकारी थिए उनीहरु नै पुनः स्थापित हुनेछन् ।
बैठकमा एमाले लुम्बिनी प्रदेश कमिटी बनाउनेबारे पनि छलफल चलिरहेको छ । प्रदेश कमिटीमा स्वतः सदस्य हुने जिल्ला अध्यक्षहरु राखेर केन्द्रलाई अध्यक्ष तोक्ने अधिकार दिने या बैठकबाटै टुंगो लगाउने भन्नेबारेमा छलफल चलिरहेको एमाले एक नेताले बताए ।
बैठकका निर्णयहरुबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइने भएको छ ।
प्रतिकृया दिनुहोस्