January 23, 2025, Thursday
२०८१ माघ १०

थप १६७७ मा कोरोना संक्रमण, २१ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १११ पीसीआर परीक्षण गर्दा १ हजार ४२३ जनामा र ३ हजार ९२३ एन्टिजेन परीक्षण गर्दा २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ८७९ पुगेको छ।

मंगलबार २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।