October 18, 2021, Monday
१ कार्तिक २०७८, सोमबार

एलआईसीले मनायो बुटवलमा २०औं वार्षिकोत्सव

बुटवल– लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पुरा गरी २१ औं वर्षमा प्रवेश गरेको छ । २१ औं वर्ष प्रवेश गरेको अवसरमा बुटवल शाखाले एक कार्यक्रमबीच वार्षिकोत्सव मनाएको छ ।

एलआईसी नेपालल सन् २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले सेवा प्रदान गर्दै आइरहेको छ । कार्यक्रममा बुटवल शाखा प्रमुख ज्योति पौडेलले वर्तमान विषम परिस्थितिमा पनि आम नागरिकको श्विास जितेर कम्पनी अगाडि बढिरहेको भन्दै मानवीय जोखिम न्यूनिकरणका लागि बिमा अपरिहार्य बनेको बताए ।

वार्षिकोत्सवकै अवसरमा एलआईसी बुटवल शाखाले नयाँ अभिकर्ताहरुका लागि प्रशिक्षण सञ्चालन गरेको थियो । तालिमको अवसरमा कम्पनीका शाखा प्रमुख पौडेलले अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा प्रकाश पारेका थिए ।

कम्पनीका एजेन्सी म्यानेजर फणिन्द्र पुरीले बिमाको परिचय, बिमा व्यवसायको बर्तमान अवस्था र चुनौतिदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण प्रदान गरेका थिए ।

उनले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारीका साथसाथै जीवन बीमामा एआईसीले खेलेको भूमिकाको बारेमा तालिममा सहभागीहरुलाई स्पष्ट पारेका थिए ।

त्यस्तै एजेन्सी म्यानेजरहरु सुजित शर्मा, नवराज गौतम, यमबहादुर राना, लगायतले जीवन बीमाको वारेमा जानकारी दिएका थिए ।