September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

प्रतिमान–नीमाद्वारा कर्णाली सरकारलाई स्वास्थ्य सामग्री सहयोग

भैरहवा– कर्णाली प्रदेश सरकारलाई भैरहवास्थित प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेशन गाउन, इमेरजेन्सी रिलिफ बेड, पीपीई सेट, मास्क, डिजिटल थर्ममिटर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री प्रदेश सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिइन् ।
एक करोड रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्री बिहीबार एक कार्यक्रमकाबीच प्रतिष्ठानले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरेको हो । अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मुख्यमन्त्री शाहीले विषम परिस्थितिमा प्रदेश सरकारलाई सहयोग गरेकामा प्रतिष्ठानलाई धन्यवाद दिए ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइन् । यस अघि गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले बताए ।