March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

सदस्यता विवादले पाल्पामा काँग्रेस वडा अधिवेशन स्थगित

पाल्पा– सदस्यता विवादले पाल्पामा नेपाली कांग्रेसको वडा अधिवेशन स्थगित भएको छ । जिल्लाभरका वडा अधिवेशन आजका लागि तय भएको थियो । केही वडामा क्रियाशील सदस्यता छुटेका स्थानीय तहले वडा अधिवेशन गर्न नसकिने जानकारी दिएपछि स्थगित गरिएको जनाइएको छ ।

Advertisement

काँग्रेसले यसलाई प्राविधिक कारण भनेको छ । तर नेताहरुले सदस्यता विवाद मुख्य कारण भएको जनाएका छन् । काँग्रेसका पाल्पा सचिव झपेन्द्र गैरेले निर्वाचन अधिकृत शुक्रबारमात्र आउने जानकारी आएको र शनिबार जिल्ला समिति बैठक बसेर मिति तय गर्ने बताए ।

Advertisement

सचिव गैरेका अनुसार वडाको निर्वाचन अधिकारी सम्बन्धित स्थानीय तहले तयारी गरेका छन् । कांग्रेसको आसन्न १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि गाउँरनगरको वडा अधिवेशन तोकेको थियो । वडा अधिवेशनको सबै तयारी भए पनि अन्तिम समयमा स्थगित गरिएकोमा पाल्पामा कार्यकर्ता रुष्ट भएका छन् ।

पाल्पामा क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेको छ । जिल्लामा ४ हजार ७ सय र नयाँ ४ हजार ४ सय ५८ गरी ९ हजार १ सय ५८ जना क्रियाशील सदस्य छन् । तर, स्थानीय नेताहरुले सदस्य विवाद मिलाएर मात्रै अधिवेशन गर्नुपर्ने माग गरेका छन् ।