November 8, 2024, Friday
२०८१ कार्तिक २३

देशभर सामान्य  बदली

जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्य  बदली  रहेको छ । प्रदेश १ का धेरै र प्रदेश २ र वाग्मती प्रदेशका केही स्थानमा वर्षा  भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Advertisement

विभागका अनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

देशभर भारी वर्षा नभए पनि सामान्य पानी पर्दा पनि यस अघिको झरीका कारण पहिरोको सम्भावना रहेकाले सतर्क हुन मौसमविद् समीर श्रेष्ठको आग्रह छ ।