January 23, 2025, Thursday
२०८१ माघ १०

एमाले बुटवलले विकास–निर्माणको निगरानी गर्ने

बुटवल– सरकारले अगाडि सारेका केन्द्रदेखि स्थानीय तहसम्मका विकास निर्माण लगायतका योजनाहरु कार्यान्वजयनका लागि नेकपा एमाले बुटवल उपमहानगर कमिटीले निगरानी गर्ने भएको छ । उपमहानगर कमिटीका अध्यक्ष बाबुराम पन्थीका अनुसार यसका लागि हरबखत चनाखो हुने र विकास निर्माण र जनहितका पक्षमा अझ प्रभावकारी काम गरिने छ ।

एमाले नेतृत्वको सरकारले आरम्भ गरेका परियोजना, सामाजिक न्यायका अभियान र बाह्य सम्बन्ध सुदृढीकरणका कामलाई निरन्तरता दिन दिवाव दिइने छ । त्यस्तै एमालेले भही भदौ २० गतेभित्र शाखा तथा वडा कमिटीहरु र सबै जनसंगठनहरुको भेला तथा बिस्तारित बैठकहरु सम्पन्न गरिसक्नुपर्ने, आगामी असोज १२ गतेसम्म वडाभित्र रहेका टोल विकास संस्थाका आधारमा टोल भेला आयोजना गरी टोल कमिटी निर्माण गरिने अध्यक्ष पन्थीले बताए ।

Advertisement

विभिन्न कारणले सदस्यता नवीकरण गर्न छुटेकाहरुको नवीकरण गर्ने, नयाँ सदस्यता वितरणमा तीव्रता दिने, सामुदायिक संघसंस्था र सबै समुदायमा पार्टी निर्माण र बिस्तार गर्ने योजना एमालेले बनाएको छ । सम्बन्धित जनसंगठनहरुको नगर, वडा तथा शाखास्तरका सम्मेलनहरु असोज १० गतेभित्र सम्पन्न गरिसक्नुपर्ने उपमहानगर कमिटीले निर्णय गरेको छ ।

साथै एमालेले पार्टी सुदृढीकरण अभियानका लागि विभिन्न नेताहरुलाई आवश्यक समन्वय र नेतृत्वका लागि सहयोग गर्न अनुरोध गरेको छ । बुटवल वडा नम्बर ४ मा हरि कार्की, ५ मा कृष्ण पोखरेल र बुटवल–६ मा बाबुराम भट्टराईलाई आवश्यक समन्वय र निर्देशनका लागि अनुरोध गरिएको नगर अध्यक्ष पन्थीले जानकारी दिए ।