March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

बुटवल उवासंघमा औषधि बस्तुगत समिति गठन

बुटवल– रुपन्देहीको बुटवल उद्योग बाणिज्य संघमा औषधि बस्तुगत समिति गठन गरिएको छ । बुधबार बसेको व्यबसायी सदस्यहरुको बैठकले एकदेव बस्यालको सभापतित्वमा समिति गठन गरेको हो ।

Advertisement

समितिको उपसभापतिमा दीपक भट्टराई, सचिवमा ध्रुवकुमार शर्मा, कोषाध्यक्षमा दीपक अधिकारी तथा सदस्यहरुमा सुरज खत्री, नारायण तिवारी, रमेशप्रसाद पाण्डे, लक्ष्मण मण्डारी र किशोर पोखरेललाई चयन गरिएको छ ।

Advertisement

कार्यक्रममा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले गठित बस्तुगत समितिलाई औषधि व्यबसायीका समस्या पहिचान गर्न आग्रह गर्दै पहिचान गरेका समस्या समाधानको लागि संघले पहल पैरवी गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले संघको बारेमा जानकारी गराउँदै संघको गरिमा र साख बढ्ने गरी काम गर्न समेत आग्रह गरे ।

संघका बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलको सभापतित्वमा भएको कार्यक्रमको समन्वय औषधि बस्तुगत समितिका समन्वयकर्ता संघका कार्यसमिति सदस्य सुरज भट्टराईले गरेका थिए ।