November 8, 2024, Friday
२०८१ कार्तिक २४

भदौ ३० सम्म लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल– लुम्बिनी प्रदेशसभाको बैठक सरेको छ । बिहीवारका लागि बैठक बस्ने मिति तय गरिएको थियो । नवौं अधिवेशनको पाँचौं वैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो।

आफ्नो पार्टीले कारवाही गरेका विमलाकुमारी खत्री वली र अजय शाहीलाई कारवाही गर्नुपर्ने माग गर्दै एमालेको अवरोधले बैठक स्थगित हुँदै आएको थियो। भदौ ७ गते मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेश सभा बैठक बहिस्कार गरेको थियो ।

मुख्यमन्त्रीले केसीले विश्वासको मत लिएपछि बैठक भदौ १७ गतेसम्म स्थगित गरिएको थियो ।