October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

एकतर्फी खुल्यो बुटवल–तानसेन सडक

बुटवल- पहिरो खस्दा अवरुद्ध बुटवल–तान्सेन सडक एकतर्फी खुलेको छ। यो सडकखण्ड आइतबार विहानदेखि पूर्णरुपमा बन्द थियो । तान्सेन नगरपालिका–८, डुम्रेमा खसेको पहिरोको केही भाग पन्छाएपछि एकतर्फी रुपमा सडक खुलेको हो ।

अविरल वर्षासँगै सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने यो सडकखण्डमा दर्जन बढी ठाउँमा पहिरो गएको थियो । पहिरो जाँदा आइतबार विहानबाट सडक अवरुद्ध भएको र दुई दिनको प्रयास पछि खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी रामेश्वर त्वातीले बताए ।

‘अन्य ठाउँका पहिरो आइतबार नै पन्छाइएको थियो । डुम्रेमा ठूलो पहिरो खसेकाले सडक सुचारु गर्न समय लागेको हो’, उनले भने ।