October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

प्रतिनिधिसभा संसदीय दलको नेतामा नेपाल र राष्ट्रियसभामा भुसाल

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभाको संसदीय दलको नेता चयन गरिएको छ ।

आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको उक्त पार्टीको दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको नेतामा माधवकुमार नेपाल र राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाललाई चयन गरेको एक सांसदले जानकारी दिए ।