January 13, 2025, Monday
२०८१ माघ १

रुपन्देहीसहित २० जिल्ला कोरोनाको ‘रेड जोनमा’

भैरहवा– कोभिड–१९ संक्रमणको जोखिमका हिसाबले रुपन्देहीसहित मुलुकका २० जिल्ला ‘रेड जोन’मा छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० वटा जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी र १९ जिल्लामा २०० भन्दा बढी रहेको छ ।

रेड जोनमा पर्नेमा काठमाडौं उपत्यकाका तीनसहित झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङ्जा, तनहुँ, दाङ, रुपन्देही र सुर्खेत छन् ।

Advertisement

शनिबार ९हिजो०सम्मको तथ्यांकानुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ८६६ रहेको छ ।

त्यस्तै, कोभिड संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६९० पुगेको छ ।

हाल काठमाडौं उपत्यकामा नौ हजार २७८ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांक छ ।