June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

तीन प्रहरी इन्चार्ज पुरस्कृत

भैरहवा– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका तीन जना प्रहरी इन्चार्जलाई पुरस्कृत गरेको छ । साउन महिनामा उत्कृष्ट कार्य गरेको भन्दै वडा प्रहरी कार्यालय भैरहवामा कार्यरत प्रहरी निरीक्षक सुवाश तिमिल्सिना, प्रहरी चौकी कालिदहमा कार्यरत प्रहरी नायव निरीक्षक ताराबहादुर छहारी र प्रहरी चौकी मैनिहवामा कार्यरत प्रहरी सहायक निरीक्षक पदम बुढा क्षेत्रीलाई पुरस्कृत गरिएको हो ।

Advertisement

साउन महिनामा ‘हाई इन्टीग्रीटी स्कोर’ प्राप्त गरेका इञ्चार्जहरुलाई ‘हाई इन्टीग्रीटी इञ्चार्ज अवार्ड’ र नगद पुरस्कार प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उत्कृष्ट कार्य गर्ने तीन जना प्रहरी इन्चार्जहरुलाई प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले पुरस्कार प्रदान गरे ।

जिल्लाभित्र कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम तीनजनालाई नगदसहित पुरस्कृत गरिएको प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

तीन जनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्दै जिल्ला प्रहरी कार्यालयबाट सञ्चालन गरिएको फरार अपराधि पक्राउ, अवैध सामान बरामद, लागुऔषध नियन्त्रण लगायत कार्यमा अब्बल ठहरिएको जनाइएको छ ।

यस्तै, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टीग्रिटी स्कोर प्राप्त गरी कार्यालयको लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान गरी आफ्नो मातहत प्रहरी कर्मचारीहरुलाई समेत गैह्रव्यवसायिक गतिविधिहरु नियन्त्रण गर्दै उच्च नैतिक आचरणमा रही उल्लेखनीय भूमिका निर्वाह गरेकाले पुरस्कृत गरिएको एसपी केसीले बताए ।