June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

रोटरीलाई नयाँ सोंच र योजनाअनुसार अघि बढाउन जोड

बुटवल– रोटरी क्लव अफ बुटवल वर्ष २०२१/२२ को नवौं एवं क्लवको १३७९ औं नियिमत बैठक शनिबार सम्पन्न भएको छ । बैठकमा गेष्ट स्पीकरको रुपमा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का मेम्बरसीप चेअर सुशील रिजाल गेष्ट स्पीकरको रुपमा सहभागी थिए ।

Advertisement

बैठकलाई संबोधन गर्दै उनले कति संख्यामा रोटरीयनहरु वृद्धि गर्यौं भन्दा पनि उनीहरुलाई रोटरीयन बनाइराख्न सक्यौं कि सकेनौं भन्ने कुरा महत्वपूर्ण रहेको बताए ।
रोटरी पनि अव समयअनुसार परिवर्तित हुनुपर्नेमा जोड दिंदै रिजालले नयाँ सोंच र योजना अनुसार रोटरीलाई अगाडि बढाउनुपर्ने र सामाजिक क्षेत्रमा प्रभाव पार्न सक्नुपर्ने बताए ।

उनले रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ ले क्लवका सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएको बताए । बैठकमा रोटरीयन मणिरत्न पाण्डेले मेम्बरसीपको बारेमा आरआइ डिष्ट्रिकको योजनाबारे जिज्ञासा राखेका थिए ।

क्लबका अध्यक्ष प्रा.डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा आयोजित भर्चुअल बैठकमा सचिव खिमनारायण पराजुलीले अघिल्लो बैठकका निर्णयहरुबारे जानकारी गराएका थिए भने रोटरीयनहरु डा. नारायणप्रसाद पन्थ, त्रिभुवन श्रेष्ठ, श्रीकृष्ण पोखरेल, रुपलाल पन्थी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।