November 3, 2024, Sunday
२०८१ कार्तिक १८

लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्तामा सुवेदी नियुक्त

बुटवल – लुम्बिनी प्रदेशको मुख्य न्यायाधीवक्तामा श्रीकृष्ण सुवेदी नियुक्त भएका छन् । सुवेदीले प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गरेका छन् । उनलाई उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश नीता गौतम दीक्षितले शपथ ग्रहण गराएकी हुन् ।

निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारका बेला मुख्य न्यायाधीवक्ता रहेका ठाकुरप्रसाद डीसीले राजीनामा दिएपछि उक्त पद खाली थियो ।

प्यूठान बिजुवार टारीका सुवेदी सत्य निरूपण तथा मेलमिलाप आयोगमा मानवअधिकारका विषयमा अधिवक्ताको काम गर्दै आएका थिए ।