July 12, 2026, Sunday
२०८३ असार २८ आईतवार

ठाकुर नेतृत्वको लोसपा पनि सरकारमा सहभागी हुने

निर्वाचन आयोगमा नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ता गराएका महन्थ ठाकुर पनि सरकारमा सहभागी हुने भएका छन् । आयोगले नयाँ दललाई मान्यता दिए आफूहरु सरकारमा जान सकारात्मक रहेको नेताहरुले बताएका छन् । 

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारीले माग र मुद्दाका आधारमा वर्तमान सरकारसँग सहकार्य गर्न सकिने बताए । माग र मुद्दाका आधारमा सरकारसँग हाम्रो सहकार्य र सहयोग रहन्छ,’ भण्डारीले भने, ‘ यो सरकारलाई हामीले भोट पनि दिएका छौं । त्यसैले सरकारप्रति हाम्रो विश्वास छ ।’ याे समाचार नागरिक दैनिकमा छ ।

Advertisement