June 1, 2023, Thursday
१८ जेष्ठ २०८०, बिहीबार

साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल मालदिभ्ससँग खेल्ने

साफ च्याम्पियनसिप फुटबलको आसन्न संस्करण नेपालले मालदिभ्ससँग खेल्दै यात्रा थाल्ने भएको छ।

Advertisement

बुधबार निकालिएको खेल तालिकाअनुसार नेपालले अक्टोबर १ तारिखमा हुने आफ्नो पहिलो खेल घरेलु टोलीसँग मालेमा खेल्ने छ। नेपालले दोस्रो खेल श्रीलंकासँग अक्टोबर ३ तारिखमा खेल्ने छ भने तेस्रो खेल अक्टोबर ८ तारिखमा भारतसँग खेल्ने छ।

लिग चरणको अन्तिम खेलमा नेपालले अक्टोबर १० तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ। लिग चरणका शीर्ष दुई टोलीबीच अक्टोबर १३ तारिखमा उपाधिका लागि प्रतिस्पर्धा हुने छ।

नेपाली टोलीले अहिले पोखरामा तयारी गरिरहेको छ। नेपालले हालसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन। भारतले सर्वाधिक सात पटक यो प्रतियोगिता जितेको छ।