जेसीजद्वारा कविता प्रतियोगिता, धिताल प्रथम


भैरहवा – जेसीज सप्ताह–२०२१ अन्तर्गत बुधबार भैरहवामा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा भएको प्रतियोगितामा अनमोल धिताल प्रथम भएका छन् । २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै धिताल प्रथम भएका हुन् ।
प्रतियोगितामा तेजप्रसाद पन्थ द्वितिय र सरु ज्ञवाली तृतिय भए भने सिर्जना खनाल सान्त्वना हुन सफल भइन् । प्रतियोगितामा वनमाली निराकार, रुद्र ज्ञवाली र विजय गोविन्द श्रेष्ठ निर्णायकको भूमिका थिए । निर्णायक समितिले प्रदान गरेको अंकका आधारमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना घोषणा गरिएको हो ।

बिजेताहरुलाइ जेसीज सप्ताह समापनको अवसरमा नगद र प्रमाणपत्र प्रदान गरिने जेसीआई सिद्धार्थ नेपालका महासचिव सागर पोखरेलले बताए । जेसीजका वर्ष २०२१ का अध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षता, पूर्वअध्यक्ष एवं वर्ष १९९६ का अध्यक्ष विजय शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काशी नोबेल एकेडेमीका व्यवस्थापन समिति अध्यक्ष ओम जैशी, सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, जेसीजका निवर्तमान अध्यक्ष मंगल भण्डारी, सप्ताह निर्देशक दीपक काफ्ले, कार्यक्रम संयोजक अर्जुन कुँवरलगायतको आतिथ्यता थियो । कार्यक्रम दिपक सापकोटाले संचालन गरेका थिए भने आस्था पाठ ऋषि पाण्डेले गरेका थिए ।







प्रतिकृया दिनुहोस्