January 13, 2025, Monday
२०८१ माघ १

एमाले विभाजित, नेपालले दर्ता गरे नयाँ पार्टी

भैरहवा– अन्ततः नेकपा एमाले विभाजित भएको छ । लामो समय पार्टी भित्र चलेको आन्तरिक कलहबीच एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले बताए । ‘निर्वाचन आयोगले हाम्रो निवेदन दर्ता गरेको छ । अब प्रक्रिया अगाडि बढेको छ,’ चौधरीले भने ।

नेपाल समूहले पार्टीको चुनाव चिह्न खुला किताब पाएको छ । ओलीले गत पुसमा पहिलोपल्ट प्रतिनिधि सभा विघटन गरेयता नेपाल समूह रुष्ट हुँदै आएको थियो । विभिन्न समयमा भएका वार्ता सफल नभएपछि एमाले विभाजन भएको हो र नेपालले नयाँ दल दर्ता प्रक्रिया अघि बढाएका हुन् ।