घरमै ज्येष्ठ नागरिकलाई नागरिकता प्रदान

- पब्लिक कुरा
- २०७८ भाद्र २
- 4.2K Shares

बर्दिया – बारबर्दिया नगरपालिकाका ज्येष्ठ नागरिकले घरमै नागरिकता पाएका छन्। शारीरिक अशक्तताका कारण जिल्ला सदरमुकाम पुग्न नसकेका वडा नम्बर ८ की वतसिया थारु र वडा नम्बर ११ की कुलरिया थारुलाई घरमै नागरिकता दिइएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद ढकालको टोली उनीहरुको घरमै पुगेर आवश्यक प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो।
यसअघि पनि जिल्ला प्रशासन कार्यालय बर्दियाले गेरुवा गाउँपालिकाका एक अशक्त व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको थियो।
७० वर्ष पूरा भएर पनि नागरिकता नपाएका ज्येष्ठ नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालयले घरमै पुगेर नागरिकता प्रदान गर्दै आएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए।
- भैरहवा सेजप्रति उद्योगी-व्यवसायीले उठाउँदै आएका समस्या समाधान गर्नुपर्नेमा जोड
- तेस्रो चौमासिक सकिँदा लुम्बिनी सरकारको बजेट खर्च सुस्त
- सशस्त्रद्वारा गाडीसहित ३६ लाख बढीको भन्सार छलीको सामान बरामद
- बजाज ग्राण्ड एक्सचेन्ज मेलाः पूराना ल्याउनुस्, नयाँ बाइक चढ्नुस्
- सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा
- कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरी गोली प्रहार
- ‘विकासमा राजनीति नगरौं’
- रविलाई लक्षित गरेर रास्वपाको महाधिवेशन मिति फेरबदल
- नयाँ वर्षमा म्यानमारद्वारा ४ हजार ९ सय बढी कैदीलाई आममाफी
- लुम्बिनीमा मूल्य बृद्धिको अध्ययन गर्दै संसदीय समिति
-
पाँच बुँदे माग राखेर तातोपानी-बेलहिया ४ सय किमी पदयात्रा
२०८१ चैत्र २९
प्रतिकृया दिनुहोस्