April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

लुम्बिनीमा कल्पनाको ठाउँमा भट्टराईलाई सांसद बनाउन जसपाको सिफारिस

बुटवल – कारबाहीमा परेर पदमुक्त कल्पना पाण्डे लम्सालको ठाउँमा जनता समाजवादी पार्टीले समानुपातिक सांसद चयन सुरु गरेको छ । पार्टीको कारबाहीका आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनलाई सांसद पदबाट पदमुक्त गरेको थियो ।

कारबाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिका लागि जसपाले नाम पठाएको छ । पार्टीको कार्यकारिणी बैठकले रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सांसद पदमा नियुक्त गर्न सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले जानकारी दिए ।

लुम्बिनी प्रदेशमा जसपा ६ सांसद मध्ये तीन जना कारबाहीमा परेका छन् । जसमा सन्तोष कुमार पाण्डेय र विजय बहादुर यादव प्रत्यक्ष निर्वाचित हुन् । लम्साल समानुपातिकबाट सांसद भएकी थिइन् । त्यसैले उनको ठाउँमा पार्टीले भट्टराईको नाम पठाउने निर्णय गरेको हो । पार्टी हीतविपरीत काम गरेको र ह्वीप नमानेको भन्दै लम्साललाई पार्टीले कारबाही गरेको हो ।

Advertisement