October 24, 2021, Sunday
७ कार्तिक २०७८, आईतवार

थप ३२७४ मा कोरोना, २७ को मृत्यु

नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ५६५ पीसीआर परीक्षण गर्दा २ हजार ४५६जना र ६ हजार १२४ एन्टिजेन परीक्षण गर्दा ८१८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २७ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या १० हजार ३५४ पुगेको छ।

देशभर हालसम्म ३९ हजार ८७१ जना सक्रिय संक्रमित छन्। मंगलबार १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन्।