May 21, 2024, Tuesday
८ जेष्ठ २०८१, मंगलवार

पपुआ न्युगिनीसँग नेपाली क्रिकेट टोलीले दुईवटा एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमानमा आगामी महिना पपुआ न्युगिनीसँग दुई खेलको एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखला खेल्ने भएको छ।

आईसिसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत हुन लागेको त्रिकोणात्मक एकदिवशीय शृंखलाअघि नेपालले पपुआ न्युगिनीसँग खेल्न लागेको हो।

पहिलो खेल सेप्टेम्बर ५ तारिख र दोस्रो खेल सेप्टेम्बर ८ तारिखमा हुने छ। दोस्रो खेल भने दिवारात्री हुने नेपाल क्रिकेट संघले जनाएको छ।

Advertisement