सिटीमा एनआईसीयू र पीआईसीयू सेवा सुरु


भैरहवा– निजी क्षेत्रबाट संचालित यहाँको सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले एनआईसीयू तथा पीआईसीयू सेवा सुरु गरेको छ । सेवा सुरुसँगै यस क्षेत्रका नागरिकलाई उपचारमा सहज भएको छ ।
‘एनआईसीयू तथा पीआईसीयू सेवाकै लागि अब चितवन, काठमाडौँ जानुपर्ने बाध्यता हटेको छ’, अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले भने, ‘अत्याधुनिक प्रविधिसहितको सेवा भैरहवामै उपलब्ध गराउन पाउँदा खुशी छौं ।’
आम्दा अस्पताल बुटवलबाट बालरोग विशेषज्ञ डा.उदय सिहं सिटी हस्पिटलमा आएपछि एनआईसीयू र पीआईसीयू सेवा सञ्चालनमा ल्याइएको हो । केही समय अघि अस्पतालले आफ्नै सुविधा सम्पन्न भवन बनाएर सेवा सुरु गरेको थियो ।
यहाँ विरामीको सहजताका लागि अत्याधुनिक लिफ्ट, गुणस्तरीय ल्याव, अण्डर ग्राउण्ड पार्किङसहितको व्यवस्था रहेको अस्पतालका मेडिकल डाइरेक्टर डा. जावेद खानले जानकारी दिए ।
हस्पिटलमा भेन्टिलेटरसहितका आईसीयू र भिआइपीका दुई वटा स्वीट क्याबिन सहितको इन्टरनेशनल युनिटको व्यवस्था गरिएको छ । यहाँ हाडजोर्नी, मेरुदण्ड तथा पित्त थैलीको पत्थरी लेटेष्ट दुरवीनको माध्यमबाट उपचार गरिन्छ । यस्तै, यस क्षेत्रमै पहिलोपटक कपाल प्रत्यारोपण सेवा उपलब्ध छ ।
‘निसन्तान दम्पत्तीका लागि काठमाडौँको प्रतिष्ठित इनफर्टीलीटी सेन्टरको सहायातामा आइभीएफ सेवा सञ्चालमा ल्याउन लागेका छौं’, प्रबन्ध निर्देशक पौडेलले भने । सिटीमा गुणस्तरीय सेवा प्रदानका लागि ग्राण्डी अस्पतालका अनुभवी डा. जावेद खान, डा. सन्दीप कुमार तथा ल्याप्रोस्कोपी सर्जन डा. आशिष मल्ल, छाला रोग विशेषज्ञ डा. चन्द्रमोहन शाह, जनरल फिजिसियन डा. सञ्जय कुमार शाहलगायतका डाक्टरहरु रहेको अध्यक्ष तथ मृगौला रोग विशेषज्ञ डा.सुबोध कुमार पाण्डेले बताए ।
प्रतिकृया दिनुहोस्