January 13, 2025, Monday
२०८१ माघ १

तीन क्लबद्वारा भैरहवामा संयुक्त रक्तादान

भैरहवा – लायन्स क्लब अफ होलीसिटी सिद्धार्थनगर, लायन्स क्लब अफ लुम्बिनी क्रिएटिभ लेडी र लियो क्लब अफ होलीसिटीले भैरहवामा संयुक्त रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।

शनिबार भैरहवास्थित भीम अस्पतालमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । महामारीका बेला रक्त अभाव नहोस् र रगतकै अभावमा कुनै पनि नागरिकको जीवन जोखिममा नपरोस् भन्ने हेतुले भैरहवामा समाजिक क्षेत्रमा क्रियाशील तीनवटा क्लबले संयुक्त रक्तदान कार्यक्रम गरेको लायन्स होलीसिटीका अध्यक्ष राकेश गुरुङले बताए ।

Advertisement

कार्यक्रममा ६० युनिट रगत संकलन भएको जनाइएको छ । रक्तदान कार्यक्रममा तीन क्लबका अध्यक्षहरु गुरुङ, मन्जु शर्मा र आकाश पौडेलको अध्यक्षता, लयान्स पि.एम.जे.एफ नवराज न्यौपानेको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रम संयोजक नारायण घिमिरेको स्वागत, माधव शर्माको संचालनमा भएको कार्यक्रममा लायन्स अगुवाहरु ओमकुमार श्रेष्ठ, देवराज न्यौपानेका साथै आकाश पौडेल र मन्जु शर्माले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा गोपाल ज्ञवाली, सुशील गुरुङलगायतको आतिथ्यता थियो ।