January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

लुम्बिनी प्रदेशसभाको भदौ एकमा अधिवेशन आह्वान

बुटवल – लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । भदौ १ गते मंगलबार १ बजे बस्नेगरी प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेशसभाको नवौं
अधिवेशन आह्वान गरिएको जानकारी दिए । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेको पुनले बताए ।

प्रदेशमा संविधानको धारा १६८ (२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । आह्वान भएको अधिवेशनमा मुख्यमन्त्री केसीले विश्वासको मत लिनसक्ने अनुमान गरिएको छ ।

Advertisement