January 23, 2025, Thursday
२०८१ माघ १०

स्याललाई हानेको गोली छोरालाई लागेर मृत्यु

पाल्पा– बाबुले स्याललाई ताकेर हानेको गोली लाग्दा पाल्पाको रिब्दीकोटमा छोराको ज्यान गएको छ । रिब्दीकोट–६, ठिमुरेस्थित तल्लोताल गाउँमा स्याललाई हानेको गोली लागेर धनबहादुर लम्तरीको मृत्यु भएको हो ।

स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नयाव उपक्षीक रामेश्वर त्वातीले बताए ।

कर्णबहादुरले घरदेखि सय मिटर नजिकै मकै बारीमा आएको स्याललाई गोली हानेको प्रहरीसमक्ष बताएका छन् । प्रहरीले घटनास्थलबाट एक नाले भरुवा बन्दुक बरामद गरेको छ । गोली हान्ने कर्णबहादुरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।