एम्बुलेन्स दुर्घटना हुँदा रोल्पामा एकको मृत्यु


रोल्पा– स्मृति अस्पताल प्रालिको एम्बुलेन्स दुर्घटना हुँदा रोल्पामा एक जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिकाका–६ निवासी ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
दुर्घटनामा एक जना घाइते भएका छन् । एम्बुलेन्स सडकबाट झण्डै ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । माडी गाउँपालिकाका–२ मा शनिबार बिहान करिब ४ बजेतिर एम्बुलेन्स दुर्घटना भएको हो ।
प्रहरी नायब उपरीक्षक सुवेदीले भैरहवाबाट कोर्चाबाङ शव पुर्याएर फर्कने क्रममा शहीदमार्ग सडकखण्डको माडी–२ खोलबाङमा एम्बुलेन्स दुर्घटना भएको हो ।







प्रतिकृया दिनुहोस्