इन्स्योरेन्स एशोसिएसन अफ भैरहवामा पदस्थापन


भैरहवा– यस क्षेत्रका इन्स्योरेन्स कम्पनीहरु एकताबद्ध भएका छन् । इन्स्योरेन्स एशोसिएसन अफ भैरहवा गठन गरेर उनीहरु एकताबद्ध भएका हुन् । केही दिन अघि गठन गरिएको एशोसिएसनको भैरहवामा पदस्थापन समारोह सम्पन्न भएको छ ।
अजोड इन्स्यारेन्स लिमिटेड भैरहवाका शाखाका प्रमुख प्रकाश शर्माको अध्यक्षतामा नवगठित एशोसिएसन कार्यसमितिको पदस्थापन गराइएको हो । वर्ष २०२१–२०२२ का एशोसिएसनका संस्थापक अध्यक्ष शर्मालाई नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टर (निप्स) का संस्थापक अध्यक्ष विश्वदिपक नेपालले सपथग्रहण गराए । कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष शर्माले सपथ ग्रहण गराएर पदस्थापन गरिएको हो ।
एशोसिएशनको प्रथम उपाध्यक्षमा पंकज यादव, द्वितिय उपाध्यक्षमा गणेश गैरे, महासचिवमा रवि थपलिया, सचिवमा लक्ष्मी थापा, कोषाध्यक्षमा सतिश भुषाल, फण्ड राइजिङ चेयरमा सन्तोष खनाल, प्रोग्राम कोर्डिनेटरमा समिर बस्नेत, टे«निङ चेयरमा कमलेश्वर अग्रहरी, मेम्बरसीप डेभलपमेन्ट चेयरमा संचित भट्टराई र स्पोट्र्स चेयरमा राजेश श्रेष्ठ छन् । सदस्यहरुमा केशव भण्डारी, बाबुराम तिवारी, जागृत केसी, निरज विक्रम शाह, जयसिंह थापा, वीना पौडेल क्षेत्री, सन्तोष अर्याल र अशोक रसाइली छन् । एशोसिएशनको प्रमुख सल्लाहकारमा केशव पन्थी, सल्लाहकारमा गोपाल ज्ञवाली, कमल कार्की र विजय ज्ञवालीलाई चयन गरिएको छ ।
पदस्थापन कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले पेशागत हकहितका लागि संघ–संस्था एकजुट हुन आवश्यक रहेको बताए । ‘संघ यस एशोसिएसनसँग सहकार्य गरी अघि बढ्न तयार छ । यहाँहरुको हकहीतमा हामीले साथ दिनेछौं’, उनले भने । भैरहवा बैंकर्स क्लबका अध्यक्ष खिमबहादुर कार्कीले बीमा र बैंकबीच नङमासु जस्तो सम्बन्ध रहेको बताए । ‘संस्थागत रुपमा अगाडि बढे संस्थाले उठाएका मागहरुको सुनुवाइ हुन्छ’, उनले भने, ‘एशोसियसनसंग समन्वय गरी हामीले काम गर्नेछौं ।’
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसीले पछिल्लो समय बीमा क्षेत्रले फड्को मार्दै गएको बताउँदै यो सुखद् पक्ष भएको बताए । ‘सहरबजारमा पहुँच र बीमाबारे जानकारी भए पनि गाउँमा छैन’, उनले भने, ‘त्यसैले बीमा सचेतनासम्बन्धि ग्रामीण क्षेत्र केन्द्रित कार्यक्रम आवश्यक छ ।’ अध्यक्ष केसीले कोरोना बीमा भुक्तानीमा ढिलाई भएकाले यसतर्फ बीमा कम्पनीले विशेष ध्यान दिनेपर्ने बताए ।
एशोसिएसनका सल्लाहकार केशव पन्थीले वर्ष कार्यसमितिलाई बधाई दिँदै पेशागत हकहीतसँगै साजिक उत्तरदायित्वका कार्यक्रम गर्न आग्रह गरे । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टर (निप्स) का संस्थापक अध्यक्ष विश्वदिपक नेपालले एसोसिएसनसँग निप्स सहकार्य र समन्वय गरी काम गर्ने जनाए । जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२१ का अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड लुम्बिनी प्रदेश प्रमुख गोपाल ज्ञवालीले बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा बढेको बताउँदै कम्पनीका कर्मचारीबीच समन्वय र सहकार्य आवश्यकता रहेको बताए ।
यसैबीच एशोसिएसनका अध्यक्ष शर्माले वर्ष २०२१–२२ मा संस्थाले गर्ने वार्षिक सार्वजनिक गरेका छन् । उनले घुम्ती रक्तदान कार्यक्रम, वृक्षारोपण, लागूऔषध दुव्र्यसनीविरुद्ध सचेतना, आपतकालीन कोष स्थापना, बैंकर्स, लुम्बिनी प्रेस क्लब, निप्स, जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग अन्तरक्रिया कार्यक्रम, वनभोज, कर्मचारीलाई उत्प्रेरणामूलक तालिम, बीमा सम्बन्धि सचेतना कार्यक्रम, फुटसल प्रतियोगिता लगायतका कार्यक्रम वर्षभरी आयोजना गरिने जनाए । कार्यक्रम संयोजक सतिश भुषालको स्वागत तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा प्रबन्धक एवं एशोसिएसनका सचिव लक्ष्मी थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया दिनुहोस्