February 8, 2025, Saturday
२०८१ माघ २७

चट्याङ लागेर गुल्मीमा बालकको मृत्यु

गुल्मी – चट्याङ लागेर घाइते भएका बालकको मृत्यु भएको छ ।

गुल्मीको इस्मा गाउँपालिका ४ का ११ वर्षका राहुल गन्धर्वको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । चट्याङ लागेर अरु तीन जना गम्भीर घाइते भएको गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

Advertisement

घाइते ३९ वर्षका रामबहादुर गन्धर्व, २४ वर्षकी रुपा नेपाली र ११ वर्षका किस्मत नेपालीको गुल्मी अस्पतालमा उपचारपछि थप उपचारका लागि पाल्पा लगिएको छ ।

चट्याङ लागेर सामान्य घाइते भएका अन्य ३ जना भने स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किसकेका छन् । बुधबार बेलुकी परेको चट्याङबाट स्थानीय नारायण बस्नेतका ३ वटा बाख्रा पनि मरेको प्रहरीले जनाएको छ ।