March 22, 2025, Saturday
२०८१ चैत्र १०

लुम्बिनीका मुख्य न्यायाधीवक्ता डिसीले दिए राजीनामा

भैरहवा– लुम्बिनी प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उनले पनि राजीनामा दिएका हुन् ।

डिसीले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका छन् । संविधानको धारा १ सय ६० खण्ड क अनुसार डिसीले मुख्यमन्त्री मार्फत बुझाएको राजीनामा स्वीकृत गरिएको प्रदेश प्रमुख कार्यालयले बताएको छ । पोखरेल मुख्यमन्त्री बनेपछि डिसीलाई मुख्य न्यायाधीवक्ता नियुक्त गरेका थिए ।