रोट्रयाक्ट सेन्ट्रल सियारीको अध्यक्षमा खनाल


भैरहवा – रोट्रयाक्ट क्लब अफ सेन्ट्रल सियारीको अध्यक्षमा समन खनाल चयन भएका छन् । क्लबले आफ्नो पहिलो पद स्थापना दिवस समेत मनाएको छ । रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी द्वारा स्पोन्सर गरिएको क्लब सामाजिक सेवा र व्यक्तित्व विकास गर्ने उद्देश्यकासाथ खोलिएको जनाइएको छ ।
वर्ष २०२०–२०२१ का अध्यक्ष घनश्याम रेग्मीले २०२१–०२२ का अध्यक्ष खनाललाई पद हस्तान्तरण गर्दै कार्यकाल सफलताको शुभकामना दिए । खनालले वल्र्डलिंक इन्टरनेट कम्पनीको एकाउन्टेन पदमा रहेर काम गर्दै आएका छन् । अनुभव प्राप्त भएकाले उनको कार्यकाल सफल हुने अपेक्षा गरिएको छ ।
अध्यक्ष खनालले आफ्नो कार्यकालका लागि बोर्ड फर्मेसनसमेत गरेका छन् । जसको उपाध्यक्षमा दुर्लभ पराजुली र दीपक न्यौपाने छन् । यस्तै, सचिवमा सुमन भट्टराई, सहसविचमा गोविन्द कार्की, कोषाध्यक्षमा निशान पोखरेल, सहकोषाध्यक्षमा करुणा भुसाल छन् ।
सर्जन्ट एट आर्मसमा मोहन राउत, क्लब सर्भिस चेयरमा सिरिसा भण्डारी, सम्पादक तथा प्रकाशक अफिसरमा एन्जल आचार्य (अस्मिता), समुदाय सर्भिस चेयरमा मुक्तिनाथ शर्मा, प्रोफेसनल सर्भिस चेयरमा सुभाष गौतम, अन्तर्राष्ट्रिय सर्भिस चेयरमा पुजन खरेल, उमेन इम्पावरमेन्ट अफिसरमा स्मृति पौडेल चयन भएका छन् ।
यस्तै, प्रेसिडेन्ट एडभाइजरमा कृष्ण पाण्डे, क्लब एडभाइजरमा दिनेश पौडेल, बोर्ड एडभाइजरमा विमल सेन्चुरी, रोटरी एडभाइजरमा शतदल चौधरी, रोट्रयाक्ट एडभाइजरमा सुदिप सुवेदी चयन भएका छन् । क्लबका सदस्यहरुमा प्रशन्न अधिकारी, अमन मगर, सरिता शाही, सुमन ज्ञवाली, कुशल कँडेल, किरण क्षेत्री, निरान्कर भुज, मोनिका क्षेत्री, मनिराम यादव, मन्दिरा क्षेत्री, विष्णु ठाकुर, बिमला दंगाल, दीपेन्द्र सापकोटा, टंकप्रसाद कँडेल र विशाल ढकाल छन् ।
कार्यक्रममा प्रमुख आतिथ्यता सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारु र रोटरी डिस्ट्रिक ३२९२ जोन २५ का एसिस्टेन्स गभर्नर कृष्ण पाण्डेको थियो भने विशिष्ट अतिथ्यता रोट्रयाक्ट डिस्ट्रिक नेपाल–भुटान डीआरआर लक्ष्मण खरेलको रहेको थियो । कार्यक्रममा जोन १८ जोनल रोट्रयाक्ट रिप्रेसेन्टिभ बाबुराख खनला, रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका वर्ष २०२१–२०२२ का अध्यक्ष शतदल चौधरी, संस्थापक अध्यक्ष विमल सेन्चुरी, निवर्तमान अध्यक्ष डा.हिराबहादुर शाह, दिनेश पौडेल, जोन १८ का विभिन्न क्लबका अध्यक्ष, उपाध्यक्ष, सदस्य, रोटरियनहरु प्रियाबन्धु न्यौपाने, राम अर्याल, विक्रम मल्ल, अनिलकुमार गुप्ता, दीपक बर्नाल, गोपाल भण्डारी, उपेन्द्र यादव, गंगाधर भण्डारी, पंकजकुमार जैसवाल, कृष्ण अधिकारी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा स्वागत क्लबका उपाध्यक्ष दुर्लभ पराजुलीले, संचालन रोट्रयाक्ट एडभाइजर सुदीप सुवेदीले र सचिव सुसान भट्टराईले गरेका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष थारुले युवाहरु मिलेर समाजमा नयाँ परिवर्तन गर्न सुझाव दिँदै यस क्लबलाई धेरै भन्दा धेरै सामाजिक क्षेत्रमा काम गर्न सुझाव दिए ।
प्रतिकृया दिनुहोस्