January 25, 2025, Saturday
२०८१ माघ १३

मोटरसाइकलको ठक्करबाट घाइते प्रहरी निरीक्षक वाग्लेको मृत्यु

भैरहवा – मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय पश्चिम नवलपरासीस्थित बर्दघाटमा कार्यरत वाग्लेलाई सोमबार साँझ बर्दघाटमा पैदल हिंडिरहेका बेला मोटरसाइकलले ठक्कर दिएको थियो ।

उनी काठमाडौंको बसुन्धाराका बासिन्दा हुन् । उनलाई पैदल हिंडिरहेको बेला लु १४ प ८७५८ नम्बरको मोटरसाइकलले हिजो साँझ ८ बजेतिर ठक्कर दिएको थियो। घाइते वाग्लेलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा ल्याइएको थियो ।

Advertisement

गम्भीर घाइते भएका वाग्लेको उपचारका क्रममा राति ११ बजे भैरहवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

प्रहरी निरीक्षक वाग्लेलाई ठक्कर दिने मोटरसाइकल चालक सुनवल नगरपालिका वडा नम्बर १ का दिपेन्द्र पुन मगर पनि गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। उनको उपचार जारी छ ।