October 21, 2021, Thursday
४ कार्तिक २०७८, बिहीबार

थप २,५४८ मा कोरोना, ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५४८ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ३७८ वटा नमुनाको परीक्षण गर्दा २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेकोे छ । 

त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।