October 15, 2021, Friday
२९ आश्विन २०७८, शुक्रबार

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

गुल्मी– ट्याक्टर दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु भएको छ । लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सत्यवति गाउँपालिका–६, हटियामा बुधबार राती दुर्घटना हुँदा चालक रुरु क्षेत्र गाउँपालिका–५ का ३३ ववर्षीय दीपक माझीको मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

दुर्घटनामा सह–चालक समान्य घाइते भएको प्रहरीले जनाएको छ। सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ जाँदै गर्दा ट्याक्टर दुर्घटनामा परेको हो ।