September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

देशभर सामान्यदेखि पूर्ण बदली, धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विभागका अनुसार आज विहान देशका अधिकांस भू–भागमा सामान्य बदली रहेको छ । वाग्मती, गण्डकी र  लुम्विनी प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्नेभन्दै आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।